Logo
१५ पुस २०८१, सोमबार
(December 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा पूर्वपश्चिम राजमार्ग अनिश्चितकालीन बन्दको घोषणा

सिके राउत नेतृत्वको जनमत पार्टीले अनिश्चितकालीन पूर्वपश्चिम राजमार्ग बन्दको घोषणा गरेको छ ।

पार्टी अध्यक्ष डा. राउतले बुधवार राति जारी विज्ञप्तीमा पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने उल्लेख गरिएको छ ।

किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको जनमत पार्टीले जनाएको छ ।

मन्त्रीस्तरीयरउच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको अध्यक्ष डा. राउतले आरोप लगाए ।

यस्तै आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनौं राउन्ड अश्रुग्यास प्रहार, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको जनमत पार्टीको ठहर छ ।

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।

किसान यादव दुई दिन अगाडि नै रिहा भइसकेका छन् । तर उक्त पार्टीले अन्य माग पूरा नभएको भन्दै आन्दोलनलाई थप सशक्त पार्दै अनिश्चितकालका लागि राजमार्ग बन्दको घोषणा गरेका छन् ।

प्रकाशित मिति: Dec 30, 2021

प्रतिक्रिया दिनुहोस्