Logo
६ पुस २०८१, शनिबार
(December 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई अरु देशबाट आउन सक्ने खतराबाट बचाउन राजसंस्था अनिवार्य छ : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई अरु देशबाट आउन सक्ने खतराबाट टार्न राजसंस्था अनिवार्य रहेको बताएका छन् ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाललाई अन्य देशबाट आउन सक्ने खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको तर्क गरेका गरेका छन् ।

लिङदेनले सिक्किम भारतमा विलय भएको दृष्टान्त पेस गर्दै राजसंस्था नभए नेपालको अवस्था पनि त्यस्तै भएर जाने जिकिर गरे ।राजा विरेन्द्रले विदेशीसँग नझुकी २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको लिङदेनले बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे । उनले स्वर्गीय राजा विरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराए ।

प्रकाशित मिति: Dec 29, 2021

प्रतिक्रिया दिनुहोस्