Logo
६ पुस २०८१, शनिबार
(December 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रम मन्त्री श्रेष्ठको सल्लाहकारमा केशव बस्याल नियुक्त

आप्रवासन मामलाका जानकार केशव बस्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकारमा नियुक्त भएका छन् ।

भारतमा रहेका नेपाली आप्रवासी तथा सरोकारको विषयमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका बस्याल वैदेशिक रोजगारीका मुद्दाहरुमा निरन्तर आवाज उठाउने अभियन्ता हुन् ।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागसम्बद्ध बस्याल सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स नामक निजी संस्थामा अनुसन्धान निर्देशक समेत रहेका छन् ।

प्रकाशित मिति: Dec 27, 2021

प्रतिक्रिया दिनुहोस्