Logo
७ पुस २०८१, आईतबार
(December 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पृथ्वी जयन्तीमा नेपाली सेनाले कविता प्रतियोगिता आयोजना गर्ने

नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यसै सन्दर्भमा “३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” को पूर्व सन्ध्यामा नेपाली सेनाद्वारा गैह्र सैनिक व्यक्तिहरुलाई समेत समावेश गरी “राष्ट्रिय कविता प्रतियोगिता-२०७८” आयोजना गर्न लागेको हो ।

राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको सम्मानमा विगतका बर्षहरुमा झै यस वर्ष पनि नेपाली सेनाले विविध कार्यक्रमहरुको आयोजना गरी भव्य रुपमा मनाउन लागेको हो ।

उक्त प्रतियोगितामा आफ्नो कविता प्रस्तुत गर्न ईच्छुक महानुभावहरुले मिति २०७८ पौष १७ गतेभित्र नेपाली सेनाको ईमेल ठेगाना [email protected] मा आफ्नो कविता पठाउन सकिने छ भने उक्त प्रतियोगिताका नियम तथा प्रतियोगिता सम्बन्धी सूचना प्रति-१ (एक) यसैसाथ संलग्न गरिएको छ ।

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबपेजwww.nepalarmy.mil.np मा गई आवश्यक जानकारी प्राप्त गर्न सकिने छ ।

साथै, उक्त प्रतियोगितामा उत्कृष्ट हुन सफल १० जना सर्जकहरुलाई जनही रु २०,०००।-(बीसहजार) तथा थप छनौट भएका २० जना सर्जकहरुलाई जनही रु. ५,०००।(पाँचहजार)नगद र प्रमाण-पत्र प्रदान गरिने  छ ।

प्रकाशित मिति: Dec 26, 2021

प्रतिक्रिया दिनुहोस्