Logo
१२ मंसिर २०८१, बुधबार
(December 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को नामाकरणका लागि जानकी प्रदेशमै एमालेको समर्थन

पछिल्लो समयमा प्रदेश नं २ को नामाकरणको चर्चा चलिरहेको बेला प्रदेश २ को नामका लागि ‘जनक प्रदेश’ दर्ता गराएको नेकपा एमालेले ‘जानकी प्रदेश’ नाममै आफ्नो समर्थन जनाएको छ ।

शुक्रवार बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफुहरुको समर्थन रहेको जनाएकी हुन् ।

पार्टी विभाजन अघि नेकपा एमालेको तर्फबाट प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएकी थिइन् ।

आजको प्रदेशसभा बेठकमा बोल्दै नेकपा एमालेकी सांसद शारदा देवी थापाले नेकपा एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताईन् ।

उनले जानकी प्रदेशभन्दा उचित कुनै अर्को नाम नहुने समेत दावी गरिन् ।उनले भनिन्, ‘सुरुमा हामीले जानकी प्रदेशनै दर्ता गराएका थियौँ पछि नेकपा एकिकृत समाजवादी पार्टीले जानकीमै अडेर बस्नुभो, हामी जनक प्रदेश दर्ता गरायौँ । नेकपा एमाले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छौँ ।’

प्रकाशित मिति: Dec 24, 2021

प्रतिक्रिया दिनुहोस्