Logo
१५ पुस २०८१, सोमबार
(December 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसिसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लाग्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुबीच उच्चस्तरीय सहमति रहेकाले एमसिसीकै कारण गठबन्धन नटुट्ने बताएका छन् ।

आज सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष दाहालले आफूहरुबीच उच्चस्तरीय सहमति रहेकाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)कै कारण गठबन्धन नटुट्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले एमसिसीमा सुधारको गुञ्जायस छ भन्नुभएको छ,’ उनले भने, ‘एमसिसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन, त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’

एमसिसीको सन्दर्भमा छलफल गर्न बुद्धिजीवीसँग छलफल गर्नको लागि आफूले प्रधानमन्त्रीलाई प्रस्ताव राखेको अध्यक्ष दाहालले बताए ।

हिजो मात्रै मेरो प्रधानमन्त्रीजीसँग कुरा भइ बुद्धिजीवी नागरिकहरुको बैठक बस्ने भन्ने कुरा भएको थियो तर हाम्रो राष्ट्रिय सम्मेलन आइसकेकाले बैठक नबसेको प्रचण्डले बताए ।

एमसीसीको बारेमा प्रधानमन्त्रीले पनि राम्रोसँग बुझ्नु भएको छ त्यसैले अनावश्यक रुपले पे्रसर आउदैन भन्ने आफू ठक्क भएको दाबी व्यक्त गरे ।

अध्यक्ष दाहालले एमसिसीमा सुधार गर्नुपर्ने पक्षहरु रहेकाले त्यसलाई सच्याएर मात्र अगाडि बढाउन सकिने बताए। एमसिसीको बारेमा अध्ययन गर्नको लागि गठबन्धनले कार्यदल बनाएको र त्यसले काम गरिरहेकाले त्यसपछि यसको सन्दर्भमा साझा धारणा बनाउन सकिने स्पष्ट पारे ।

 

 

प्रकाशित मिति: Dec 23, 2021

प्रतिक्रिया दिनुहोस्