Logo
८ पुस २०८१, सोमबार
(December 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुर्खेत अदालद्वारा बलात्कृत राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद फैसला

सुर्खेत जिल्ला अदालतले बलात्कृत राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला गरेको छ ।सात महिना अघि बलात्कृत भएकी राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैदको फैसला अदालतले गरेको हो ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक दाङका यज्ञबहादुर बुढा मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको हो ।

अनलाइनमा युवतीको पहिचान खुल्ने गरी तस्बिर र नामसहित समाचार प्रकाशन गरेका थिए । उनीमाथि असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर भएको थियो ।

प्रकाशित मिति: Dec 21, 2021

प्रतिक्रिया दिनुहोस्