Logo
७ पुस २०८१, आईतबार
(December 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाँकेमा खजुरा गाउँपालिका-५ धनौली बजार नजिकै गएराती माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश स्थित बाँकेको खजुराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३३६० नम्बरको माइक्रो बसले विपरित दिशाबाट आउँदै गरेको भे ३ प ५३६९ नम्बरको मोटरसाइकललाई गएराती करिब नौ बजे ठक्कर दिँदा कञ्चनपुरको दोधारा १ का ३० वर्षीय दिनेश बरालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बरालको उपचारको क्रममा भेरी अस्पतालमा गएरातीनै मृत्यु भएको हो ।ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय धनौलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Dec 17, 2021

प्रतिक्रिया दिनुहोस्