आज ४ बजे पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री रिजाल
रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका डा. मीनेन्द्र रिजालले आज ४ बजे पत्रकार सम्मेलन गर्दै छन् ।
पत्रकार सम्मेलन रक्षा मन्त्रालयमै आयोजना गरिएको रिजालको सचिवालयले जानकारी दिएको छ ।नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। ‘
अहिले कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहेको छ । । डा.शेखर कोइरालाको प्यानलबाट उठेका मिनेन्द्र पाँचौँ स्थानमा छन् ।