Logo
७ पुस २०८१, आईतबार
(December 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकलाई सबल, सुदृढ बनाउन सीपयुक्त र प्राविधिक जनशक्ति आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई सबल, सुदृढ बनाउन सीपयुक्त र प्राविधिक जनशक्ति आवश्यक छ आवश्यक रहेको बताएका छन् ।

भ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाएको शुभकामना सन्देशमा काठमाडौं विश्वविद्यालयले देशको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको धारणा व्यक्त गरेका छन् ।

विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रम देउवाले स्थापनाको तीन दशक पूरा गरेको उपलक्ष्यमा यसका संस्थापक र सम्पूर्ण विश्वविद्यालय परिवारलाई बधाई दिएका छन् ।

उनले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्षजनशक्तिको समस्यालाई केही हदसम्म भए पनि सम्बोधन गर्न सार्थक र सफल भएको जनाएका छन् ।

सन्देशमा भनिएको छ, ‘मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आलोचनात्मक सीपयुक्त र समय सुहाउँदो वैज्ञानिक एवं प्राविधिक ज्ञानले सुसज्जित जनशक्ति आवश्यक छ ।’

प्रम देउवाले उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनी विदेशी विश्वविद्यालयलाई तिर्ने अरबौँ रकम मुलुकभित्रै सदुपयोग गर्ने वातावरण निर्माण गर्न पनि नागरिकको मागअनुरुप शैक्षिक गुणस्तर मुलुकभित्रै विकसित गर्नु अपरिहार्य भइसकेको उल्लेख गरेका छन् । उनले विश्वविद्यालयले यी विविध क्षेत्रका लागि जनशक्ति उत्पादन गरेर मुलुकलाई ठूलो गुन लगाएको जनाएका छन् ।

‘उच्च शिक्षाको उद्देश्य सीपयुक्त जनशक्ति उत्पादन गर्नु त हुँदै हो, त्यसभन्दा पनि बढी महत्वपूर्ण विषय हालका युवालाई असल, चरित्रयुक्त र देशभक्तिले भरिएको नागरिकमा रुपान्तरण गर्नु हो, यस विषयमा पनि विश्वविद्यालयले सधै झैँ उचित ध्यान पुर्‍याएको मलाई लाग्छ’, उनले भनेका छन् ।

प्रम देउवाले आजका युवा मुलुकको भविष्य निर्माता भएको चर्चा गर्दै असल र जिम्मेवार नागरिकका रुपमा मुलुकको उन्नति र प्रगतिमा निरन्तर योगदान दिने विश्वास व्यक्त गरेका छन् । आज विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित हुँदैछन्

प्रकाशित मिति: Dec 15, 2021

प्रतिक्रिया दिनुहोस्