Logo
७ पुस २०८१, आईतबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य : गगन थापा

राजनीतिमा देखिएका अनेक बेथितिको अन्त्य गर्न र कांग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गगन थापाले भएको बताएका छन् ।

सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबिच पुनः प्रतिस्पर्धा हुने भएपछि थापाले अपिल जारी गर्दै नेतृत्व परिवर्तन अपरिहार्य बताएका हुन् ।

थापाले अग्रजहरूको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई सभापति पदमा विजयी गराउनुपर्ने अपिलमा उल्लेख गरेका छन् ।

नेता थापाले अपिलमा महाधिवेशन लगत्तै तीन तहको निर्वाचनमा होमिनुपर्ने भएको हुँदा पार्टीले एक्लै जित्ने बनाउन लाखौँ मतदातालाई आकर्षित गर्न सक्नुपर्ने अवस्था रहेको र त्यसका लागि नयाँ उत्साह र जागरण आवश्यक रहेको बताएका छन् ।

‘हामीले आज त्यो उत्साहको सञ्चार गर्न सक्नैपर्छ संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेक बेथितिको अन्त्य गर्न र पार्टीको विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका सम्भव होला त रु हामीसँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ’ अपिलमा भनिएको छ ।

उनले समुन्नत नेपाल सम्मानित नेपालीको सपना पुरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, साङ्गठनिक आधार र जुझारु नेतृत्व काँग्रेसले दिन सक्छ कि सक्दैन भन्ने नै महाधिवेशनको मूल चुनौती भएको पनि अपिलमा बताएका छन् ।

‘यो पटक हामी चुक्यौँ र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कर्मद्वारा प्रमाणित गर्न सकेनौँ भने इतिहासले हामीलाई क्षमा गर्ने छैन’ उनले भनेका छन् ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्