मीन विश्वकर्माले लिए केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए ।उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका छन् । पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म दिइएको थियो ।
आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि सोमबार बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका रहेको छ ।
केन्द्रीय सदस्यमा प्रदेश २ बाट आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल भने निर्विरोध निर्वाचित भैसकेका छन्।