Logo
१५ पुस २०८१, सोमबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीले बढायो पदाधिकारी र प्रदेश सदस्यको संख्या

नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र  र प्रदेश सदस्यको संख्या बढाएको छ ।

यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष रहने छन् । त्यस्तै प्रदेश समितिको संख्यासमेत बढाएको छ ।

यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर संख्या थप गर्ने भएको हो ।

त्यस्तै बैठकले पार्टी प्रवेश गर्नेहरुको अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको कार्यदल बनाएको माओवादीले जनाएको छ । त्यस्तै बैठकले महिला विभाग थपेर तत्काललाई पम्फा भुसालले उक्त विभागको नेतृत्व गर्ने निर्णय गरेको छ ।

अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्ने छन् ।

 

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्