Logo
१२ मंसिर २०८१, बुधबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब स्वदेशमै गाडी उत्पादनमा जोड दिन निजी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन आग्रह गरेका छन् । विषयगत ज्ञान, कार्यक्रमको प्रकृतिभन्दा पनि चर्चामा आउने लोभमा जथाभावी बोल्ने रोगबाट यो सरकारका मन्त्रीहरु पनि अछुतो रहन सकेका छैनन ।

दोब्बर राजश्व बढाउने देखि नेपालमै मोबाइल सेट बनाउने भाषण गर्दै आएका अर्थमन्त्रीशर्माले बुधबार अर्को उट्पट्याङ थप्दै निजी क्षेत्रलाई स्वदेशमै गाडी बनाउन आग्रह गरेका थिए ।

अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) को ४५ औं वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले सवारी साधन उत्पादन गर्न व्यवसायीलाई सल्लाह दिए ।

उनले विद्युतमा सहुलियत, जग्गा उपलब्ध गराउने, न्यूनतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धता समेत जनाए ।अर्थमन्त्री शर्माले अहिले विश्व प्रविधिमा धेरै अगाडि रहेकाले आयात प्रतिबन्ध लगाउन सक्ने अवस्था नरहेको भन्दै आयातलाई निरन्तरता दिदै अब स्वदेशमै सवारी साधन उत्पादनमा जोड दिन व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई राजश्व तिर्न एशोसिएशन मध्ये नाडा पहिलो नम्बरमा आउने बताए ।

दुई दिनसम्म चल्ने बार्षिक साधारणसभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्