Logo
६ पुस २०८१, शनिबार
(December 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गछौँ : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने यदी सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताएका छन् ।

सहमहामन्त्री महामन्त्री डा. प्रकाशहरण महतले लेखेको पुस्तक बिहीबार काठमाडौंमा विमोचन गर्दै देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने यदी सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने बताएका हुन् ।

महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौंमा आएका नेता–कार्यकर्ताहरू उस्तै उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरे ।

प्रधानमन्त्री देउवाले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरे ।१४औं महाधिवेशन नेपाली कांग्रेस र प्रजातान्त्रिक भविष्यका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले भने, ‘यसलाई सफल पारेर फर्किएर यो पार्टीलाई बलियो बनाएर कांग्रेसलाई बहुमत पार्टी बनाउन लाग्न साथीहरू लाग्नेछन् ।’

प्रकाशित मिति: Dec 9, 2021

प्रतिक्रिया दिनुहोस्