Logo
४ आश्विन २०८१, शुक्रबार
(December 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले भने- एमाले महाधिवेशन पञ्चर्‍याली जस्तो कुम्भमेला भयो, यसले केही अर्थ राख्दैन !

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)को भर्खरै सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनलाई पञ्चर्‍यालीसँग तुलना गरेका छन्।

शनिबार चितवनमा आयोजित प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेको महाधिवेशन प्रतिक्रान्तिलाई बलियो बनाउन आयोजना गरिएको भए पनि त्यो असफल भएको बताए।

‘त्यो मण्डलेहरुको मोर्चा, पञ्चायती मोर्चा र निरंकुशतावादीको मोर्चामा पतन भएको छ। झण्डैझण्डै पञ्चायतको अन्त्य हुनै लागेको र पञ्चायतविरोधी आन्दोलन उत्कर्षतिर पुग्न लागेको बेलामा हामीले ठूला पञ्चर्‍याली नदेखेको होइन। लाखौंलाख जनताई उतारेर, मानौं नेपालमा पञ्चबाहेक कोही पनि रहेनछ भन्ने बनाइएको थियो। तर २०४६ सालमा पञ्चायत ढल्यो,’ उनले भने, ‘त्यसकारण जबर्जस्ती पैसाको बलमा धाकधम्की दिएर, लोभ दिएर गरिएको कुम्भ मेलाले कुनै राजनीतिक र वैचारिक अर्थ राख्दैन।’

उनले चितवन अहिले सबैका निम्ति आकर्षणको केन्द्र बनेको बताए। ‘देशको मध्य भागमा भएकाले चितवनमा आउन जान सुविधा छ। अधिवेशन इत्यादि गर्न खर्च कम लाग्छ। आउन जान पनि सजिलो छ। त्यसकारण पनि चितवन रोजाइमा पर्दै छ। अर्को, चितवनमा विकासको नयाँ मोडलको सपना हामीले देखेका छौं। चितवन महानगरपालिका र चितवन जिल्लामै पनि भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, तटबन्धन, रिङरोड इत्यादि, जल जमिन जंगलको सदुपयोग, यसको ऐतिहासिक विकास क्रम सबै कुरा छ। त्यसैले मानिसहरु त्यो हेर्न पनि चितवन आउने स्थिति छ,’ उनले भने।

चितवन केन्द्रमा पर्नुको अर्को कारणको रुपमा उनले आफूलाई नै प्रस्तुत गरे। ‘अर्को कुरा, चितवनमा प्रचण्ड छ। त्यसकारण प्रचण्ड मन पर्नेले चितवन रोज्ने भए, प्रचण्ड मन नपर्नेले पनि चितवन रोज्ने भए,’ उनले भने।

प्रकाशित मिति: Dec 4, 2021

प्रतिक्रिया दिनुहोस्