Logo
४ आश्विन २०८१, शुक्रबार
(December 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवीन्द्र मिश्रको आक्रोश- यो देशमा माओको गुणगान गाउन हुने, महेन्द्रको नहुने ?

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाल देश पृथ्वीनारायण शाहको विचारले बनेको बताएका छन्।

शनिबार जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा उनले पृथ्वीनारायण शाहलाई माला लगाउन नचाहेर मार्क्स र माओलाई माला लगाउन जानेहरुले यो देश बनाउन नसक्ने बताए।

‘यो देशमा माओको नाम लिन हुने, माओको गुणगान गाउन हुने। यो देशमा महेन्द्रको गुणगान गाउन नहुने? किन नहुने?,’ मिश्रले भने।

उनले आफूलाई राजसंस्थावादी भनेर आरोप लगाइएको बताए। ‘म न राजसंस्थावादी हुँ, न त गणतन्त्रवादी हुँ। न धर्मनिरपेक्षतावादी हुँ, न धर्मसापेक्षतावादी हुँ। न संघीयतावादी हुँ, न संघीयता विरोधी हुँ। म नेपालवादी हुँ। म यो देशको हित जतिबेला जसरी हुन्छ, म त्यही वादी हुँ। जसलाई जे भन्नुपर्छ, भने हुन्छ,’ उनले भने।

उनले आफूहरुसँग विचार नभएको भन्ने आरोपको खण्डन गरे। ‘उहाँहरु (आरोप लगाउनेहरु)को लागि विचार भनेको मार्क्स र माओले ओडाइदिएको समाजवाद र साम्यवादको छातामात्रै हो,’ उनले भने, ‘उहाँहरुको लागि अजेण्डा भनेको सांसदलाई सांसद विकास कोष दिएर सांसदलाई ठेकेदार बनाउने अजेण्डा हो। उहाँहरुको अजेण्डा भनेको बिचौलियासँग साँठगाँठ गरेर दिनै नसकिने अस्पताल चलाउन दिने, स्कुल चलाउन दिने, व्यापार चलाउन दिने, सहरलाई कंक्रिटको जंगल बनाउन दिने हो। यो सम्पूर्ण उहाँहरुको अजेण्डा हो। ती अजेण्डाचाहिँ उहाँहरुको लागि राजनीति हो। हामीले भनेको अजेण्डाचाहिँ उहाँहरुको लागि राजनीति होइन।’

प्रकाशित मिति: Dec 4, 2021

प्रतिक्रिया दिनुहोस्