कांग्रेसको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसमा नेतृत्वको विरोध र आलोचना गर्न निषेध नगरीएको बताएका छन् । बिहीबार बिहान ललितपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले आफ्नो पार्टीको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने बताएका हुन् ।
प्रवक्ता शर्माले भने, ‘हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइन्छ ।’
नेकपा एमालेको हालै सम्पन्न महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न खोजिएकोप्रति इंगित गर्दै शर्मा कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेकाले आफ्नो नेतृत्वको विरोध र आलोचना गर्न सबैमा छुट रहेको स्पष्ट गराए ।
महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न २९ वटा मत्रपत्र हुने र सो मतपत्रमा आफ्नो मत दिन एक जनालाई करिब १ घण्टा लाग्ने समेत प्रवक्ता शर्माले जानकारी दिए ।