राप्रपाको आजदेखि महाधिवेशन काठमाडौंमा सुरु हुँदै
आजदेखि काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन सुरु हुँदैछ । मंसिर १५-१७ गतेसम्म चल्ने महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ ।
यो महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।
कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।
यस पटक राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । अध्यक्षका लागि नेता राजेन्द्रप्रसाद लिंदेनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।