Logo
४ आश्विन २०८१, शुक्रबार
(November 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्षको परिणाम : केपी ओली १२००, रावललाई ८२ मत (अपडेट)

नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आइरहेको छ।

सुरुवाती नतिजामा अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो अन्तरले पछि पारेका छन्।

ताजा परिणाम अनुसार ओलीले १२०० मत ल्याउँदा रावलको पक्षमा ८२ मत मात्रै झरेको छ।

निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन्।

अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ।

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मतगणना सुरू भएको दुई घण्टामै परिणाम सार्वजनिक भइसक्ने बताएका छन्।

एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ।

प्रकाशित मिति: Nov 30, 2021

प्रतिक्रिया दिनुहोस्