Logo
४ आश्विन २०८१, शुक्रबार
(November 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको वडा अधिवेशनमा झडप ! मतदान अधिकृतसहित इन्स्पेक्टर घाइते

सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । सोमबार दिउँसो संघीय निर्वाचन क्षेत्र नम्बर–४ को बलरामा झडप भएको हो ।

झडपमा बलरा नगरपालिका–८ को वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झासहित पाँचजना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले वडा अधिवेशनका क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको जानकारी दिए ।

झडपमा मतदान अधिकृत झासहित तीन प्रहरी र एकजना सर्वसाधारण घाइते भएको उनले बताए । उनका अनुसार झाको टाउकोमा चोट लागेको छ । एकजना इन्स्पेक्टरको हात भाँचिएको छ ।

सर्लाहीमा संस्थापनइतरका अमरेशकुमार सिंहका समर्थक र संस्थापन पक्षबीच पटक–पटक विवाद हुँदै आएको छ ।

प्रकाशित मिति: Nov 29, 2021

प्रतिक्रिया दिनुहोस्