Logo
४ आश्विन २०८१, शुक्रबार
(November 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दशत्रमा भावुक मन्तव्य दिर्दै केपी ओलीले भने,‘म कति बाँच्छु थाहा छैन’

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको बन्द सत्रमा भावुक मन्तव्य दिएका छन् । बन्दसत्रलाई शनिबार सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो जिन्दगीको भर नभएको बताएका हुन् ।

पार्टी नेता र कार्यकर्ताको पंक्ति देख्दा आफूलाई ढुक्क लागेको पनि ओलीले सम्बोधनका क्रममा बताएका छन् । ‘मलाई ढुक्क लागेको छ । अस्ति एक ठाउँमा पनि भनेको थिए, म कति बाँच्छु थाहा छैन । म धेरैपल्ट जीर्ण स्वास्थ्यबाट, धेरै अप्रेसनहरूबाट गुज्रिएर आएको हुँ भन्न सकिन्न कति बाँचिन्छ,’ उनले भने, ‘मानिसको जिन्दगी यसै पनि टुंगो हुँदैन, त्यसमा पनि मेरो जिन्दगी त धेरैपल्ट मरेर बाँचेर आएको, त्यत्ति साह्रो भर नहुन सक्छ ।’

एमालेका कार्यकर्ता र नेताहरूको नयाँ पुस्तामा लोकतन्त्र सुरक्षित रहेको बताए । उनले भने, ‘मलाई आज ढु्क्क लागेको छ, आराम लागेको छ, आरामले खाना रुच्छ, मिठो निन्द्रा लाग्छ किनभने म तपाईँहरूलाई अगाडि देख्छु । जब म तपाईँहरूलाई अगाडि देख्छु देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु ।’

एमालेको नयाँ पुस्ताले समृद्धिको यात्रालाई सुनिश्चित गरेर अगाडि बढाउने कुराको यकिन रहेको पनि ओलीले बताए ।

प्रकाशित मिति: Nov 27, 2021

प्रतिक्रिया दिनुहोस्