Logo
४ आश्विन २०८१, शुक्रबार
(November 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्र अब क्रान्तिकारी धारमा अघि बढ्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब पार्टी क्रान्तिकारी धारमा अघि बढ्ने बताएका छन्।

पार्टीको ७५३ पालिका सम्मेलनलाई शनिबार भर्च्युअल सम्बोधन गर्दै उनले माओवादी केन्द्र मार्क्सवाद, लेनिनवाद र माओवादलाई आत्मसात गर्दै अघि बढ्ने बताएका हुन्।

अध्यक्ष प्रचण्डले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधाराअनुसार सबैलाई अघि बढ्न निर्देशन दिए। उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि बढाउँदा नेताहरूमा क्रान्तिकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

पार्टी अहिले विचार र संगठनलाई पुनर्गठित गर्दै अघि बढेको बताउँदै उनले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टी नयाँ ढंगले अघि बढ्ने र समाजवादी आन्दोलनलाई अघि बढाउने दावी गरे।

नेता प्रचण्डले राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन आग्रह गरे।

फरक प्रसंगमा उनले एमालेको १०औँ महाधिवेशनमा विचारलाई निषेध गरिएको टिप्पणी गरे। ‘तपाईहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्व नै छैन’, उनले भने, ‘यसरी पनि महाधिवेशन हुने रहेछ। हाम्रो राष्ट्रिय सम्मेलन अरु पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन।’

प्रकाशित मिति: Nov 27, 2021

प्रतिक्रिया दिनुहोस्