Logo
१५ पुस २०८१, सोमबार
(November 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी दुई कामका लागि ओली र एमालेलाई मुलुकले सधै सम्झिरहनेछ : कमल थापा

मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई महत्वपूर्ण २ कामका लागि मुलुकले सम्झिरहनेछ राप्रपा अध्यक्ष कमल थापाले बताएका छन् ।

एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको बताए ।

‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ । पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो । दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ’, थापाले भने ।

त्यस्तै लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताए । उनले २०६३ सालको राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव पनि दिए ।

 

प्रकाशित मिति: Nov 26, 2021

प्रतिक्रिया दिनुहोस्