Logo
११ मंसिर २०८१, मंगलबार
(November 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुडानमा सैन्य ‘कू’का विरुद्धमा हजारौँ नागरिकको प्रदर्शन

सुडानमा भएको सैन्य ‘कू’का विरुद्धमा बिहीबार हजारौँले प्रदर्शन गरेका छन् ।विभिन्न पक्षसँग भएको सम्झौता विपरीत गत महिना सैनिक नेतृत्वले सरकार कब्जा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

प्रदर्शनकारीहरुले सैन्य ‘कू’ अमान्य रहेको र सर्वपक्षीय सरकार बनाउनु पर्ने माग राखेका छन् । उनीहरूले जनताको शक्ति जनताका प्रतिनिधिलाई नै दिन पनि सैनिक नेतृत्वसँग माग गरेका छन् ।

सैनिक जनरल अब्दुल फताह अल बुर्हानले गत अक्टोबर २५ मा प्रधानमन्त्री अब्दुल्ला हमडकलाई अपदस्त गरिएको घोषणा गरेका थिए । तर देशव्यापी आन्दोलन र अन्तर्राष्ट्रिय दबाबका कारण गत आइतबार मात्रै उनलाई पुनर्बहाली गरिएको थियो ।

प्रदर्शनकारीले भने सैन्य नेतृत्वप्रति अविश्वास गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शन सुरु भएदेखि अहिलेसम्म देशभरी ४२ जनाको मृत्यु भएको जनाइएको छ ।

तत्कालीन शासक ओमर अल बशिरलाई अपदस्त गरेपछि सन् २०१९ देखि हमडकलाई अन्तरिम प्रधानमन्त्री बनाइएको थियो ।

प्रकाशित मिति: Nov 26, 2021

प्रतिक्रिया दिनुहोस्