आज सर्वोच्च अदालतमा फुलकोर्ट बैठक
सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न आज फुलकोर्ट बैठक बस्ने भएको छ ।गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने भन्नेबारे निर्णय गर्न फुलकोर्ट बैठक बस्न लागेको हो ।
बैठकले सम्भवत आगामी बुधबादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने छ ।यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नो तजबिजी अनुसार पेसी तोक्दै आएका थिए ।
तर गत बिहीबारको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको थियो ।