Logo
१५ पुस २०८१, सोमबार
(November 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न ६ विद्यार्थी सङ्गठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आज पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै ६ विद्यार्थी सङ्गठनले ज्ञापनपत्र बुझाएका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण आधारभूत जनताको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै उद्योग मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीलाई ६ विद्यार्थी सङ्गठनका नेताहरुले भेटेरै ज्ञापनपत्र बुझाएको उनको भनाइ थियो ।

बुधबार बालुवाटार पुगेर अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह,अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल(क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही र मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री देउवाले मूल्य वृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले बताइन् ।

पछिल्लो पटक इन्धनको मूल्यवृद्धिपछि विद्यार्थी संगठनहरु आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति: Nov 24, 2021

प्रतिक्रिया दिनुहोस्