प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च परिसरमा वकिलहरूको आज पनि धर्ना
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित कानून व्यवसायीको धना आज पनि जारी रहेको छ ।
प्रधानन्यायाधीशविरुद्ध विरोध कार्यक्रमलाई निरन्तरता दिँदै कानुन व्यवसायीहरूले मङ्गलवार बिहान सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका छन्।
आफ्नो माग न्यायिक शुद्धीकरणका लागि भन्दै उनीहरूले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्। आफ्ना माग पूरा नभएसम्म बहस पैरवी नगर्ने उनीहरूले बताएका छन्।
सोमबार नेपाल बार एशोसियशनले सभामुख अग्निप्रसाद सापकोटालाई न्यायालय शुद्धीकरणका लागि ज्ञापनपत्र बुझाएको थियो ।