Logo
८ पुस २०८१, सोमबार
(November 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराले तोके दश इजलासमा ५९२ मुद्दामा पेशी

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि लागि १० इजलास तोकेका छन् ।आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले आजका लागि एक एकलसहित नौ संयुक्त इजलास तोकेका हुन् । दश इजलासमा ५९२ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा. आन्नदमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र डा.कुमार चुडाल, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र हरिप्रसाद फुँयालका लागि संयुक्त इजलास तोकेका छन् ।

साथै, प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति: Nov 23, 2021

प्रतिक्रिया दिनुहोस्