नेपाल बारको टोलीले आज सभामुख सापकोटालाई भेट्दै
सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल बार एसोसिएसनले आज (सोमबार) दिउँसो २ बजे भेटघाट गर्ने भएको छ।
बारले विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउनुअघि सभामुख सापकोटालाई भेट्न लागेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदैछ।