प्रधानन्यायाधीश जबराले आफूबाहेक तोके ११ वटा इजलासमा पेसी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारका लागि आफूबाहेक ११ वटा इजलासमा पेसी तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले आइतबारका लागि १० वटा संयुक्त इजलास र एक वटा एकल इजलास गठन गरेका हुन् ।
बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन भई निर्देशिका समेत बनेको भएपनि कानून मन्त्रालयले उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छैन ।
जसका कारण आइतबार पनि प्रधानन्यायाधीशले नै पेसी तोकेका छन् । यद्यपि इजलासमा आफूलाई भने राखेका छैनन् ।करिब एक साता अघिदेखि न्यायाधीशहरूले बन्दी सहित तामेलीका लागि आएका निवेदन, मिलापत्र आदिका निवेदन लगायतका प्रतक्ष सरोकारका विषयमा सुनुवाई सुरु गरेका थिए ।
तर उनीहरुले अन्य मुद्दा नहेर्ने र प्रधानन्यायाधीशसँग इजलासमा पनि नबस्ने घोषणा गरेका थिए ।तर आइतबारका लागि सबै प्रकृतिको मुद्दाको पसी तोकिएको छ ।