कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने
नवनियुक्त कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलेमंसिर १४ गते विश्वासको मत लिने भएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मङ्सिर १४ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।
मुख्यमन्त्री शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभा सचिवालयले १४ गते दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरेको छ ।