Logo
७ पुस २०८१, आईतबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैभन्दा बढी रेटिङ्ग भएको फिल्म बन्यो जय भिम !

दक्षिण भारतमा निर्मित चलचित्र जयभिम विश्वमा सबैभन्दा बढी रेटिङ्ग भएको चलचित्र बनेको छ । जय भिमले ‘द शोशंक रिडेम्पशन’ र ‘द गडफादर’ जस्ता ‘क्लासिकल’ चलचित्रलाई समेत मात दिएका छन् ।

तलिम भाषामा बनेको भारतीय चलचित्र ‘जय भीम’ चलचित्रसम्बन्धी तथ्यांकबारे जानकारी दिने बेवसाइट आइएमडिबीमा सबैभन्दा बढी ‘रेटिङ्ग’ पाउने चलचित्र बनेको छ  ।

जय भीम चलचित्रमा हिन्दू धर्ममा कायम रहेको जाति व्यवस्थामा सबैभन्दा तल्लो तहमा रहेका दलित समुदायमाथि हुने दमनको कथा प्रस्तुत गरिएको छ ।

जय भीमको मुख्य भूमिकामा दक्षिण भारतीय अभिनेता सूर्या रहेका छन् । चलचित्रको निर्देशक टीजे ज्ञानवेलले गरेका हुन् भने निर्देशनमा अभिनेता सूर्याले सहयोग गरेका छन् ।

यो चलचित्र दमनविरुद्ध लड्ने एक वकिलको जीवनमा आधारित रहेको बताइएको छ।जय भीम तमिल चलचित्र उद्योगमा एक नयाँ आन्दोलनको अंश बनेको छ ।

पछिल्लो समय युवा चलचित्रकर्मीहरुले दलितमाथि हुने हिंसाविरुद्ध हुँदै आएका दमनको कथा प्रस्तुत गरिरहेका छन् ।आइएमडिबीमा जय भीमले १० मा ९.६ रेटिङ्ग पाएको छ। आइएमडिबीमा ‘द गड फादर’ को ९।२ तथा द शोशंक रिडेम्पशन’ को रेटिङ्ग ९.३ रहेको छ ।

प्रकाशित मिति: Nov 18, 2021

प्रतिक्रिया दिनुहोस्