Logo
४ आश्विन २०८१, शुक्रबार
(November 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई दबाब, सत्तारुढ दलकै विद्यार्थी सडकमा

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई दबाब पर्दै गएको छ ।  सत्तारुढ दलकै विद्यार्थीहरु सडकमा उत्रिएसँगै दबाब बढेको हो ।

आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।

संयुक्त विद्यार्थी आन्दोलनले सिलिण्डर ग्याससहित प्रदर्शन गरेको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।

नेपाल आयल निगमले हालै खाना पकाउने ग्यास, पेट्रोल र डिजेलमा मूल्यवृद्धि गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।

पछिल्लो पटक आयल निगमले घाटा चुलिएको भन्दै साता बिराउँदै पेट्रोलियमको मूल्य बढाएपछि गठबन्धन सरकारको आलोचना भइरहेको छ।

प्रकाशित मिति: Nov 14, 2021

प्रतिक्रिया दिनुहोस्