Logo
८ पुस २०८१, सोमबार
(November 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार एसोसिएशनले आज प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश निषेध गर्ने

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आज सर्वोच्च अदालत प्रवेश निषेध गर्ने नेपाल बार एसोसिएशनले जनाएको छ ।

शान्तिपूर्ण आन्दोलनमा बिहीबार बल प्रयोग गरेको विरोधमा एसोसिएशननले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएका छन् ।

नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूल गेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताइन् ।

कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहीबारदेखि नै सर्वोच्च अदालत परिसरभित्रै नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति: Nov 12, 2021

प्रतिक्रिया दिनुहोस्