Logo
११ मंसिर २०८१, मंगलबार
(November 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यमनमा एक महिला पत्रकार र उनका नवजात शिशुको हत्या

यमनको दक्षिणी सहर आदेनमा एक जना महिला पत्रकारको हत्या भएको छ । बम विस्फोट गराएर उनको हत्या गरिएको छ भने उनका नवजात शिशुको पनि ज्यान गएको छ ।

आदेनमा मंगलबार ती महिलाको हत्या गरिएको एक जना सुरक्षा निकायका अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएका छन् ।

उनका अनुसार आदेनमा रहेको उनको घरबाट निस्केपछि उनीहरुको कारमा बम विस्फोट गराइएको थियो । त्यस क्रममा भएको विस्फोटमा परी ती महिला पत्रकार र उनका शिशुको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।

उनीहरुको यात्राका क्रममा गुडिरहेको कारमा नै बम विस्फोट गराइएको थियो । उनका श्रीमान् पनि पत्रकार हुन् ।

बम विस्फोटबाट महिला पत्रकार रासा अब्दुल्लाह र उनका नवजात शिशुको ज्यान गएको छ भने उनका श्रीमान् सख्त घाइते भएका छन् ।घाइते श्रीमानको अवस्था पनि गम्भीर रहेको ती सुरक्षा अधिकारीले जनाएका छन् । उनी एक स्थानीय टेलिभिजनका पत्रकार हुन् ।

यहाँको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक रुपमा गरिएको अनुसन्धानबाट उनीहरुको रोकी राखेको कारमा बम राखेको र पछि कार गुडेपछि रिमोर्ट कन्ट्रोलको सहायताले विस्फोट गराएको अनुमान गरिएको छ ।

यस विस्फोटको जिम्मा अहिलेसम्म कुनै व्यक्ति या समूहले लिएको छैन । प्रहरीले हत्याराहरुको खोजी गरिरहेको बताएको छ । प्रहरीले यसमा आतङ्ककारी समूहको हात रहेको अनुमान गरेको छ । रासस

 

प्रकाशित मिति: Nov 10, 2021

प्रतिक्रिया दिनुहोस्