Logo
४ आश्विन २०८१, शुक्रबार
(November 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन, को-को आए ? हेर्नुहोस्

file photo

सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।

प्रदेश प्रमुखमा तीन दलले भागबन्डा गरेका छन् । प्रदेश १ मा जनता समाजवादी पार्टी, कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिम प्रदेशमा कांग्रेसले पाएको छ । परियार माओवादीको कोटाबाट यसअघि नै प्रदेश २ को प्रदेश प्रमुख भइसकेका हुन् ।

राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखहरुलाई शपथ खुवाउने तयारी गरेको छ । यसअघि प्रदेश नम्बर १ मा सोमनाथ प्यासी, कर्णाली प्रदेशमा गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा सर्मीला कुमारी पन्त रहेका थिए । सरकारले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले नियुक्त गरेका सबै प्रदेश प्रमुखलाई हटाएको हो ।

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्