Logo
७ पुस २०८१, आईतबार
(November 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको सुरक्षामा आन्तरिक र बाहिरी चुनौती बढ्दै गयो : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँडले नेपालको सुरक्षा सवालमा आन्तरिक र बाहिरी चुनौती संवदेनशीलता बढ्दै गएकोले स्थानीयदेखि केन्द्रसम्मको सुरक्षा निकाय समन्वय हुन जरुरी रहेको बताएका छन् ।

मंगलबार बिहान जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले यस्तो कुरा बताएका हुन् ।

उनले बाहिरी तथा आन्तरिक सुरक्षाका सवालमा केन्द्र, प्रदेश र स्थानीय तहसँग सुरक्षा निकायको समन्वय र सहकार्य हुन जरुरी रहेको धारणा राखे ।

सोमबार अबेर रातिसम्म चलेको प्रदेश सुरक्षा समितिको वैठकबारे जानकारी समेत गृहमन्त्री खाँडले गराए ।अर्को प्रसंगमा उनले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धारणा राखे ।

‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, उहाँहरुलाई अवरोध अन्त्य गर्न आग्रह गर्दछु’ मन्त्री खाँडले भने ।

उनले राजनीतिको मुलधारमा नआएका पार्टीहरुसँग छलफल तथा संवाद गरेर राष्ट्रिय मुलधारको राजनीतिमा ल्याउने कोशिश भइरहेको समेत स्पष्ट पारे ।

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्