Logo
६ पुस २०८१, शनिबार
(November 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बस्ने एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध र अमान्य : भीम रावल

एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति विपरीत भएको बताएका छन् ।

एमालेका उपाध्यक्ष रावलले आज हुने आज बस्ने बैठकले गर्ने निर्णय समेत अवैध र अमान्य हुने रावलको चेतावनी छ। बैठक बस्ने दिन रावलले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन्।

ट्विटरमा रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन रु यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि?’

रावलले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न गरेका छन् ।उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि भन्दै आक्रोश पोखेका छन् ।

प्रकाशित मिति: Nov 9, 2021

प्रतिक्रिया दिनुहोस्