राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा डा. बलराम पाठक
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष डा.बलराम पाठकले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम मंगलबार नवनियुक्त अध्यक्ष डा.पाठकलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यसअघि बैंक संचालक समितिको सोमबार बसेको बैठकले डा.बलराम पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् ।साथै, उनलाई राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संचालकको रुपमा कार्य गरेको अनुभव रहेको छ ।
डा. पाठक हाल त्रिभुवन विश्वविद्यालय अन्र्तगतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आवद्ध रहेका थिए ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय श्री निलम तिम्सिना ढुङ्गाना तथा श्री बमबहादुर मिश्र, लयायत उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत श्री कविराज अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति रहेको थियो ।