Logo
७ पुस २०८१, आईतबार
(October 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन गर्दै छ गृह मन्त्रालयले किस्ताबन्दीमा सिडिओ सरुवा? सिन्धुली र पाँचथरमा पनि फेरिए !

गृह मन्त्रालयले किस्ताबन्दीमा सिडियो सरुवा गरीरहेको छ । नयाँ सरकार गठन यता गृह मन्त्रालयले पटक पटक गरी दर्जनौँ प्रजिअहरुको सरुवा गरेको छ ।

बिहिबार खोटाङ र दाङका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको गृहले शुक्रबार चिट्ठी पठाउदा सिन्धुली र पाँचथर पनि थपिएका छन् ।

गृह स्रोतका अनुसार पाँचथरका प्रजिअ पुण्य ढकाललाई मन्त्रालय तानेर सिन्धुलीका सुरेश न्यौपानेलाई पाँचथर पठाएको छ । सिन्धुलीमा रमेश न्यौपानेलाई पठाइएको छ ।

मन्त्रालयले दाङका प्रजिअ राम बहादुर कुरुम्बाङलाई र खोटाङका प्रजिअ मित्रलाल शर्मालाई गृह मन्त्रालयमा सरुवा गरेको हो । कुरुम्बाङको ठाउँमा मन्त्रालयकै हिरा रेग्मी र शर्माको ठाउँमा फणीन्द्र दाहाललाई पठाएको हो ।

कर्मचारीको सरुवा नियमित प्रक्रिया भए पनि केही समययता यसैलाई मुख्य कामका रूपमा लिइँदा र कर्मचारीभित्र राजनीतिक आस्था तथा गुट उपगुटका आधारमा जिम्मेवारी दिइँदा कर्मचारीतन्त्र थप अस्थिर बन्दै गएको प्रशासनविद्हरूले बताएका छन् ।

बुधबार मात्रै १३ जना सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको गृहको पछिल्लो रणनीति नै सिडिओ सरुवा जस्तो देखिएको गृहकै अधिकारीहरुले बताएका छन् ।

कामै गर्न नसकेर या कुनै बिबाद पछि मात्रै छोटै अबधिमा सरुवा गर्नुपर्ने अवस्था आउन सक्ने अन्यथा सरुवा गर्ने निश्चित अबधिमा मात्र गर्नु पर्ने भए पनि त्यो भने पालना भएको देखिदैन ।

 

प्रकाशित मिति: Oct 29, 2021

प्रतिक्रिया दिनुहोस्