Logo
८ पुस २०८१, सोमबार
(October 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादकाबीच जबराले तोके आज पनि सर्वोच्चमा ८ वटा इजलास

केही दिन यता सर्वोच्च अदालतभित्र पनि किचलो उत्पन्न भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गद केही न्यायाधिसहरुले इजलास बहिस्कार गरिहेका छन् ।

यद्पी प्रधानन्यायाधीश जबरालेले आज सर्वोच्चमा ८ वटा इजलास तोकेका छन् । गत सोमबारदेखि न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेको बेला प्रधानन्यायाधीश राणाले आज पनि इजलास तोकेका थिए ।

बिहीबार इजलास तोकिएपनि पूर्व न्यायाधिसको निधनको कारण कुनै पनि सुनुवाई हुन सकेन । आज तोकिएका इजलासमा प्रधानन्यायाधीशले न्यायाधीश कुमार चुडालसंग आफ्नो संयुक्त इजलास पनि राखेका छन् ।

गत बुधवार र बिहीवार प्रधानन्यायाधीश जबराले एकल इजलास तोकेर केही मुद्दा आदेश जारी गरेका थिए । यसैगरी आनन्दमोहन भट्टराईको एकल इजलास पनि तोकिएको छ ।

प्रकाशित मिति: Oct 29, 2021

प्रतिक्रिया दिनुहोस्