Logo
८ मंसिर २०८१, शनिबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्विट्जरल्याण्डका राजदूत र शिक्षा मन्त्री पौडेलबिच भेटवार्ता

स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीबार बिहान मन्त्रालयमा भएको भेटवार्तामा प्राविधिक तथा व्यवसायिक परियोजनामा लगानी गर्ने विषयमा छलफल समेत भएको छ ।

भेटवार्ताको क्रममा मन्त्री पौडेलले स्विट्जरल्याण्ड सरकारले नेपालमा प्राविधिक शिक्षाको विकास र विस्तारका लागि लामो समयदेखि प्राविधिक र आर्थिक क्षेत्रमा निरन्तर रुपमा सहयोग गर्दै बताउँदै थप परियोजनामा सहयोग गर्न आग्रह गरे।

‘हामी प्राविधिक शिक्षाको क्षेत्रमा वैदेशिक सहयोग परिचालन गर्ने सम्बन्धमा संयुक्त लगानी कार्य ढाँचा (स्वाप मोडेल) विकास गरी साझेदारसँग सहकार्य गर्दै जाने सोचका साथ आवश्यक कार्य गरिरहेका छौँ’ मन्त्री पौडेलले भने,’ यस विषयमा महामहिम राजदूतबाट थप प्राविधिक सहयोगको अपेक्षासमेत गरेको छु ।’

मन्त्री पौडेलले प्राविधिक तथा व्यवासायिक शिक्षा एवम् तालिमको माध्यमबाट सिपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा स्विट्जरल्याण्ड सरकारबाट थप सहयोग प्राप्त हुने बताए ।

 

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्