Logo
१५ पुस २०८१, सोमबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यायालयमा ओलीले हस्तक्षेप गरेकोले अहिलेको अवस्था सिर्जना भयो : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा हस्तक्षेप गरेकोले अहिलेको अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।

उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउनेबारे सत्तारूढ गठबन्धनभित्र छलफल नभएको बताएका छन् ।

धनगढीमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा हस्तक्षेप गरेकोले अहिलेको अवस्था आएको पनि दाबी गरेका छन् ।

त्यसतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले भने, ‘एमाले अध्यक्ष ओलीले न्यायालयमा हस्तक्षेप गरेका कारण अहिलेको अवस्था सिर्जना भएको हो ।’

प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेकोबारे विवाद भइरहेको छ भने उनको राजीनामा माग भइरहेका छन् ।अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले परमादेश दिने न्यायाधीशहरूले राजीनामा दिनुपर्ने भनेर गैर जिम्मेवार कुरा गरेको धारणा राखेका थिए ।

एमाले अध्यक्ष ओलीले कात्तिक ९ मा पार्टीको पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश दिने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका थिए ।

साथै उनले राष्ट्रिय सभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरू पार्टीसँग तालमेल गरिने बताए ।

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्