Logo
४ आश्विन २०८१, शुक्रबार
(October 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले महाधिवेशनको नयाँ मिति तोक्यो, यस्तो छ कार्यतालिका !

 नेपाली कांग्रेस १४ महाधिवेशनको नयाँ कार्यतालिका तोकेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो ।

कांग्रेस निर्वाचन समितिका सदस्य एकराज पोखरेलले वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । उनका अनुसार ३० गते पालिका अधिवेशन र प्रदेश सभा निर्वाचन क्षेत्र मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश अधिवेशन हुने छ ।

मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको पोखरेलले जानकारी दिए । मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ ।

नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका

– वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा कात्तिक २७ गते वडा अधिवेशन, ३० गते पालिका अधिवेशन
– मंसिर ३ गते अधिवेशन हुन बाँकी सबै जिल्लामा प्रदेश निर्वाचन क्षेत्र अधिवेशन
– मंसिर ६ गते बाँकी सबै जिल्लाको संघीय निर्वाचन क्षेत्र अधिवेशन
– मंसिर १० गते जिल्ला अधिवेशन
– मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन
– मंसिर २७ देखि ३० गतेसम्म महाधिवेशन

प्रकाशित मिति: Oct 27, 2021

प्रतिक्रिया दिनुहोस्