Logo
४ आश्विन २०८१, शुक्रबार
(October 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जव कमेडियन भरतमणीको पराश शाहसँग भेट भयो….

कमेडियन भरतमणी पौडेल र पराश शाहबीच भलाकुसारी गर्ने संयोग जुरेको छ ।  भरतले सुमन कोइराला (कमेडियन दले दाइ) का साथमा  पारस शाहसँग गत शुक्रबार राजधानीको दरबारमार्गस्थित ओपियम क्याफेमा भेटेका हुन्।

‘मलाई उहाँसँग आफूले गरेको नक्कल कस्तो लाग्यो भनेर सोध्न मन थियो। त्यही कारण आफैंले उहाँलाई भेट्ने इच्छा गरेको थिएँ’-टेलिफोनमा भरतले भने ।

भरतका अनुसार उनले राजसंस्थासँग नजिक रहेको शाही शक्त्ति नेपालका अध्यक्ष मुनेन्द्रराज भण्डारी मार्फत् पारश शाहसँग भेटेका हुन्। अध्यक्ष भण्डारीमार्फत् पारस शाहले भरत र सुमनलाई समय दिएकाे जानकारी दिए।

उनले र सुमनले पारश शाहसँग करिब एक घन्टा समय बिताएका थिए। भेटघाटमा पूर्वयुवराज आफूले सोचेकोभन्दा एकदमै सरल र मिजासिलो लागेको भरत बताउँछन्।

पूर्वयुवराज गम्भीर होलान् भन्ने भरतको अनुमान रहेछ। तर उनको अपेक्षाविपरीत पारश शाहले भेट्नेबित्तिकै सुरूमै भनेछन्, ‘के छ यार!’

‘उहाँमा वर्षौंपछि साथी भेटेको जस्तो उत्साह पाएँ। भन्दै हात मिलाउनु भयो,’ भरतले भने, ‘बसौंबसौं के भइरहेछ आजकाल भन्दै कुरा सुरू भयो।

आफू ठिक रहेको बताउँदै भरतले सोधे, ‘हजुरको के छ? स्वास्थ्य कस्तो छ?’

पारशले भने, ‘मेरो स्वास्थ्य एकदम ठिक छ।’ त्यसपछि भरतले आफूलाई भेट्नासाथ सोधौं सोधौं लागेको प्रश्न सोधे, ‘मेरो प्रस्तुति हेर्नुभयो? कस्तो लाग्यो?’

‘फन्नी, फन्नी। एकदम रमाइलो। किप इट अप (राम्रो गर्दै जानु) भन्नुभयो,’ पारसले भने।

भरतका अनुसार उनको प्रस्तुति पारसले मन पराएका रहेछन्। भरतले फेसबुकमा पारस र सुमनसँग खिचेको तस्बिर पोस्ट गरेका छन्। पूर्वयुवराज पारससँगको भेटपछि खुसी साट्दै फेसबुकमा उनी लेख्छन्, ‘उहाँको शुभचिन्तक थिएँ। भेटघाटपछि झन् ठूलो प्रसंशक भएँ, साच्चै नै भन्ने नै हो भने उहाँ साह्रै रमाइलो साथीजस्तै हुनु हुँदोरहेछ।’

प्रकाशित मिति: Oct 26, 2021

प्रतिक्रिया दिनुहोस्