Logo
६ पुस २०८१, शनिबार
(October 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जबराले मात्र किन? परमादेश जारी गर्ने पाँच न्यायाधीशले नै राजीनामा दिनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेपरमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनु पर्ने बताएका हुन् ।

जबराले मंगलबार मात्र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने विचार गर्न सकिने बताएका थिए ।सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व प्रधानन्यायाधीश लगायतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा चौतर्फी दबावमा परेका बेला विपक्षी दलका नेता ओलीले उनलाई बल पुग्ने गरी अभिव्यक्ति दिएका हुन् ।

मंगलबार एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै ओलीले पनि जबराले मात्र होइन, परमादेशको फैसला गर्ने संवैधानिक इजलासमा रहेका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका  छन् ।

उनले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको बताउदै एकजनाले मात्र नभई परमादेश दिनेहरूले राजीनामा दिनुपर्ने बताएका थिए ।

ओलीले ‘परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नुभएको होला । पाँचै जनाले परमादेश गर्नुभएको थियो भने एक जनासँग किन राजीनामा माग्नुहुन्छ श्रीमान ज्यूहरु ?’ भन्दै प्रश्न समेत उठाएका छन् ।

गत असार २८ मा सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

प्रकाशित मिति: Oct 26, 2021

प्रतिक्रिया दिनुहोस्