प्रदेश १को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
प्रदेश नं १ को आजका लागि बोलाइएको प्रदेशसभा बैठक नेकपा एमालेले पनि स्थगित गर्न माग गरेको छ ।
नेपाली कांग्रेसले आफ्ना सांसले फ्लोर क्रस गर्ने सूचना पाएपछि बैठक स्थगित गर्न माग गरेको थियो ।एमालेले कात्तिक १५ पछि बैठक राख्न माग गरेको छ ।
प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका छन् ।कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ ।
प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्रीले शुक्रबार सदनमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल र मत विभाजनका लागि आज साढे १२ बजे बैठक बोलाएका थिए । तर दुई पार्टीको निवेदनका कारण बैठक अनिश्चित बनेको छ ।