प्रदेश नं १ प्रदेशसभा बैठक स्थगित गर्न नेपाली कांग्रेसको माग
नेपाली कांग्रेस प्रदेश नं १ ले आइतबारका लागि बोलाएको प्रदेशसभाको बैठक स्थगित गर्न माग गरेको छ ।
गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताए ।
आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।
कोइरालाले गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका हौ, सभामुखले बैठक बोलाएपछि के गर्ने भन्ने निर्णय हुन्छ र स्थगित गर्ने नगर्ने अधिकार सभामुखलाई हुने बताएका छन् ।
कतिपयले आजको बैठकमा काँग्रेसका सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना बढेकाले त्यसलाई रोक्न बैठक स्थगित गर्न माग गरिएको आशंका गरेका छन् ।