Logo
९ मंसिर २०८१, आईतबार
(October 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिदैँ छन् ।  नेकपा एमाले संसदीय दलको नेतामा निर्वाचित भए लगतै भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले ५९ दिनपछि विश्वासको मत लिन लागेका हुन्।

संसदमा आज (आइतबार) नै मत विभाजन गर्ने तयारी छ। सभामुख प्रदीपकुमार भण्डारीले गत शुक्रबारको बैठकबाटै मुख्यमन्त्रीको प्रस्तावमाथि आज मध्यान्ह १२ः३० बजे बस्ने बैठकमा छलफल गरी मत विभाजन गर्ने घोषणा गरेका थिए।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल एमालेको विभाजनले केन्द्रमा मान्यता पाएको भोलिपल्ट मुख्यमन्त्रीमा नियुक्त हुँदा प्रदेश १ मा एमालेले बहुमत गुमाइसकेको थियो।

प्रदेश सभामा दल विभाजनको औपचारिक जानकारी भदौ २५ गते प्राप्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भए पनि उनले त्यस अवधिमा प्रस्ताव मात्र दर्ता गरेर १२ दिनपछि विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित मिति: Oct 24, 2021

प्रतिक्रिया दिनुहोस्